सिराहामा १ हजार किलोभन्दा बढी गाँजा सहित ट्रक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित एक ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ। आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर ना५ख ३२०९ को ट्रकलाई लहान-१, ट्राफिक चोकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १,०१५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश […]
विवाहपञ्चमीमा भिड व्यवस्थापनका लागि मन्दिर क्षेत्रमा प्रवेश निषेध

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवमा भक्तजनको भीड बढेसँगै जानकी मन्दिर वरिपरिको क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सीताराम विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष गुरु योजना तयार गरी लागू गरेको हो। धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार महोत्सव अवधिभरका लागि १४० जना ट्राफिक […]
महोत्तरीमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । महोत्तरीमा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । महोत्तरी प्रहरीले गत भदौ २४ गते दिउँसो करिब ३ बजेको समयमा महोत्तरी गाउपालिका ३ मडै बस्ने ७० वर्षीय जोगेन्द्र ठाकुरको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा अजय कुमार ठाकुरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता […]
अन्डाको मूल्य बढ्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । आजदेखि अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको भाउ बढाएको हो । ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको संघ सचिव मदन पोखरेलले बताए। पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ […]
जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । आइतबार जनकपुरधाममा शोभा यात्रापछि जानकी मन्दिरमा चुनरी माता जानकीलाई चढाइएको हो । भारतको सुरतको जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । ट्रस्टले यस अघि पनि […]
रौतहटमा १६ हजार ८७७ नयाँ मतदाता थपिए

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । रौतहटमा १६ हजार ८७७ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मंसिर ५ गते सम्मको मतदाता दर्ता तथ्याङ्क सार्वजनिक गरेकोमा सो अवधिमा यति नयाँ मतदाताले नाम दर्ता गराएका छन् । कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६६९ रहेको जिल्ला […]
सिमरामा जेनजी युवालाई कुटपिट गरेको आरोपमा स्थानीय अरविन्द साह पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । बाराको सिमरामा बुधबार भएको झडपका क्रममा जेनजी समूहका युवामाथि कुटपिट गरेको आरोपमा स्थानीय अरविन्द साह पक्राउ परेका छन्। जेनजी युवाहरूको किटानी जाहेरीपछि जीतपुर–सिमरा उपमहानगरपालिका-२ का ३८ वर्षीय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। बुधबारको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरी वार्ता नगर्ने जेनजी […]
राजीनामा दिएको करिब दुई सातापछि मुख्यमन्त्रीको निवास छाडे सोनल

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएको करिब दुई सातापछि मुख्यमन्त्रीको सरकारी निवास छाडेका छन्। मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव सबैभन्दा ठूलो दलको हैसियतले नियुक्त भएपछि पनि पूर्व मुख्यमन्त्री सोनल सरकारी निवासमै बस्दै आएका थिए । सोनलले गत कार्तिक २२ गते राजीनामा दिएका थिए । […]
जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख अहिराजले दिएको निवेदनमाथि सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजले दायर गरेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अहिराजले जिल्लाको थुनामा पठाउने आदेशलाई सदर गर्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका […]
सिमराको तनाव बीच प्रदर्शनकारीसँग वार्ता नगर्ने प्रशासनको निर्णय

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । बाराको सिमरामा तीन दिनदेखि जारी जेनजी युवाको प्रदर्शनका बीच स्थानीय प्रशासनले शुक्रबार वार्ताबाट पछि हटेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरे पनि शुक्रबार प्रशासनले वार्ताको आवश्यकता नभएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेकाले औपचारिक वार्ताको आवश्यकता […]