शनिदेवलको टोलीद्वारा कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक शनिदेवलको टोलीले कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका सर्लाहीको मलंगवा नगरपालिका–७ का ३० वर्षीय फिरोज मन्सुरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको […]
बुधबारदेखि सेयर बजार पुनः सञ्चालन हुने

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । बुधबारदेखि नेपालमा सेयर बजार पुनः खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजार सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका एक उच्च अधिकारीका अनुसार सबै सम्बन्धित पक्षसँग छलफल तथा परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निष्कर्षमा पुगेको जानकारी दिए। उक्त निर्णयअनुसार बोर्डले नेप्सेलाई औपचारिक सूचना […]
मधेश सरकारलाई भएको क्षति विवरण संकलन गरिदै, उपसचिवको संयोकत्वमा समिती गठन

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । मधेश प्रदेशमा आन्दोलनका कारण प्रदेश सरकारलाई भएको क्षतिको विवरण संकलन सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव वासुदेव मल्लका अनुसार उनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । क्षति विवरण संकलन भइसकेपछि सेवा प्रवाह पुनः सुरु गर्ने तयारी प्रदेश सरकारले गरिरहेका उनले बताए । मल्लका […]
वेष्ट इन्डिजसँग खेल्ने नेपाली टिमको घोषणा, आदिल टिममा फर्के

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । वेष्ट इन्डिजसँग ३ अन्तरास्ट्रिय टी-२० खेलको सिरिज खेल्ने नेपाली टिमको घोषणा गरिएको छ।सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टिमको नाम सार्वजनिक गरेको हो। नेपाल टिमको स्क्वाडमा निलम्बन फुकुवापछि मो. आदिल आलम फर्केका हुन् ।नेपाल ए टिमबाट भारतको आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिलले नेपालको सिनियर […]
टिचिङमा मृत्यु भएका ८ जनाको शरीर चिन्न नसकिने अवस्थामा, डिएनए टेष्ट गरिने

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाएका ८ जनाको शव अत्यधिक जलिएकाले पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। ती शवहरूको पहिचान डिएनए परीक्षणमार्फत गर्नुपर्ने शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ। अस्पतालका अनुसार, गोली लागेर मृत्यु भएका २६ जनाको शवको पोष्टमार्टम प्रक्रिया पूरा भइसकेको छ। तीमध्ये २३ जनाको शव परिवारले सोमबारसम्म बुझिसकेका […]
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरु आज सपथ लिँदै

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका मन्त्रीहरुले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने र त्यसका लागी राष्ट्रपति कार्यालय शितल निवास परिसरमा टेन्ट लगाउने काम भइरहेको छ । गत शुक्रबार […]
लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने जनाएको छ। विभागले आइतबार जारी गरेको सूचनामा सूचना प्रविधिसम्बन्धी सबै प्रणालीहरू पनि हाललाई बन्द गरिएको उल्लेख गरिएको छ। विभागका अनुसार, हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी […]
जनकपुरधाम उपमहानगरपालिका सञ्चालनमा आउन कम्तीमा एक महिना लाग्ने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनको क्रममा जलेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । आन्दोलनका क्रममा गत मंगलबार उपमहानगरको पाँच तले भवनमा प्रदर्शनकारीले आगजनी गर्दा जलेर पूर्ण रूपमा भवन क्षतिग्रस्त भएको हो । आगजनीपछि उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरका प्रवक्ता परमेश […]
देशभरका विद्यालय खुले, भोलिदेखि पढाइ हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। सामुदायिक तथा निजी दुवै प्रकारका विद्यालयहरू खोलिएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, ‘आज शिक्षक तथा कर्मचारीहरूले विद्यालय सरसफाइ गरेका छन्, भोलिदेखि नियमित पठनपाठन सुरु हुन्छ।’ काठमाडौं महानगरपालिकाले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भने […]
रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टी खोल्ने घोषणा

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गरेको जानकारी दिएका छन्। उनले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका हुन्। टीकापुर घटनापछि भूमिगत रहेका चौधरीले जेलमै रहेका बेला भारी […]