ट्विटर सरकारको सम्पर्कमा

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । सरकारले दर्ता नभएको कारण देखाउँदै सेवा बन्द गरेपछि सामाजिक सञ्जाल ट्विटर (एक्स) सरकारको सम्पर्कमा आएको छ। शुक्रबार बिहान ट्विटरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि पत्र पठाएको मन्त्रालयले जानकारी दिएको छ। दर्ता प्रक्रियासम्बन्धी मन्त्रालयले आवश्यक जानकारीसहित जवाफ पनि पठाइसकेको छ। यसअघि फेसबुकको मातृ कम्पनी मेटा पनि सरकारी अधिकारीहरूसँग […]
फेसबुकको वेब संस्करण बन्द

सामाजिक फीडजनकपुरधाम, भदौ २० गते । नेपालमा फेसबुकको वेब संस्करण बन्द भएको छ । बिहीवार रातिदेखि फेसबुकको युआरएल बन्द गरिएको हो । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको इन्टरनेट […]
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुरधाम । मधेश प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । बिहीबार गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । फाएजा फहमीदाफाएजा फहमीदा […]
फेसबुक, ट्वीटरलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । फेसबुक,ट्वीटर (एक्स)युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि उक्त निर्णय गरेको हो। आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि सरकारले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा […]
मधेशमा साक्षरता दर सबैभन्दा कम, कसरी थाहा पाउने को साक्षर छन वा छैनन् ?

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । जनकपुरधाम मधेश प्रदेशको साक्षरता दर हेर्दा यहाँको शैक्षिक अवस्था दयनीय रहेको देखिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदन अनुसार मधेश प्रदेशमा सबैभन्दा कम साक्षरता दर देखिएको हो । यहाँ ६३.५ प्रतिशत व्यक्ति मात्रै साक्षर छन । यो दर सातवटै प्रदेशमध्ये न्यून हो । साक्षरताका १२ वटा सूचक […]
भारतका प्रधानन्यायाधीश गवई काठमाडौं आउँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउन लागेका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गवई बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको उडानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपालको भ्रमणमा आउन लागेका हुन्। उनी ‘नेपाल(इन्डिया जुडिसियल डाइलग’ […]
भारत जान अब नेपालीहरुलाई फारम भर्नुपर्ने, नयाँ कानूनमा गरियो यस्तो व्यवस्था

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । छिमेकी मुलुक भारतमा अब नेपालीहरुमाथि पनि निगरानी हुने भएको छ । भारत सरकारले आप्रवासनसम्बन्धी नयाँ कानुन लागू गर्दै नेपालीहरूलाई समेत निगरानीमा ल्याएको हो । सन् २०२५ सेप्टेम्बर १ देखि लागू भएको कानुनी प्रावधानअनुसार अब अध्ययन, उपचार, व्यापार वा घुमफिरका लागि भारत जाने नेपालीले पनि व्यक्तिगत विवरणसहितको ‘सी–फारम’ भर्नुपर्ने व्यवस्था […]
आज दिउँसो मधेसमा हावाहुरीको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा […]
खानेपानी मन्त्री यादवलाई धम्की दिइएको भनिएको किरण साहको अर्को अडियो पनि बाहिरियो

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको भन्दै पक्राउ गरिएको किरण साहको अर्को अडियो सार्वजनिक भएको छ।वीरगञ्ज टिभीमार्फत बाहिर आएको उक्त अडियो भोजपुरी भाषामा रेकर्ड गरिएको हो । उक्त अडियोमा साहले अडियो सार्वजनिक गर्ने व्यक्तिसँग संवाद गरिरहेकी सुन्न सकिन्छ। तर, त्यसमा अर्का व्यक्तिको आवाज भने समावेश छैन। अडियोको सुरुवातमा […]
पर्यटन पूर्वाधार निर्माणका लागि भीठामोड नाकामा पर्यटन मन्त्री कुशवाहाको स्थलगत निरीक्षण

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले महोत्तरीस्थित भीठामोड सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणको क्रममा मन्त्री कुशवाहाले पर्यटकहरूको सहज आवागमन, पूर्वाधारको अवस्था, सुरक्षा व्यवस्था र सेवा सुविधाको प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिए ।उनले स्थानीय […]