सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
आगामी माघ ११ गते सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । आगामी फागुन २० गते राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेकाले सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।