Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले भने, सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्नुको आवश्यकता नभएको छ। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सबै सरोकारवालाले साथ दिनुपर्ने पनि बताए।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे। साथै, अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता प्रक्रिया सूचना विभागमार्फतै सुरु हुने र यसका लागि मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित गरिने जानकारी पनि उनले दिए।

छलफलका क्रममा अनलाइन टिभी सञ्चालक र डिजिटल सञ्चार माध्यमका प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए।नेपालमा सामाजिक सञ्जालबन्द हुँदैन स् मन्त्री खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *