समाजिक फीड
जनकपुरधाम, कात्तिक १३ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजी छलफलमा मुस्लिम समुदायका युवाहरूलाई समावेश नगरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको मुस्लिम जेनजी नेपालले जनाएको ।
उक्त संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले मुस्लिम समुदायप्रति राज्यको दृष्टिकोणमा प्रश्न उठाएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशभर फैलिएको जेनजी आन्दोलनमा सबै वर्ग, क्षेत्र र समुदायका युवाहरूले एकताबद्ध भई योगदान दिएका छन्। तर, राष्ट्रिय तहको छलफलमा मुस्लिम समुदायका युवाहरूलाई बेवास्ता गर्नु साझा सहभागिताको भावनाविपरीत छ।
विगतदेखि मुस्लिम युवाहरू सामाजिक अभियान, नेतृत्व विकास र नीति संवादमा सक्रिय रहे पनि पछिल्ला निर्णय तहका छलफलहरूमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित नभएकोमा मुस्लिम जेनजीले चिन्ता व्यक्त गरेको हो । प्रधानमन्त्री तथा सम्बन्धित निकायहरूलाई देशभरका विविध समुदायका युवाहरूबीच समान अवसर र सहभागिता सुनिश्चित गर्न मुस्लिम जेनजीले आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “ जेनजी सम्बन्धी छलफल, नीति निर्माण तथा युवा सरोकारका कार्यक्रमहरूमा मुस्लिम जेनजी नेपाललाई बराबरी रूपमा सहभागी गराइनु जरुरी छ।ू
मुस्लिम युवाहरूले सामाजिक सहअस्तित्व, एकता र देशको सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको उक्त संस्थाले सरकारलाई स्मरण गराउँदै मुस्लिम युवाको आवाजलाई राज्यका निर्णय तहमा स्थान दिनु समयको माग भएको मुस्लिम जेनजीले उल्लेख गरेको छ ।
सार्थ संगठनले लोकतान्त्रिक मूल्य, समान प्रतिनिधित्व र अवसरमा आधारित प्रणालीमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा यस्ता छलफलमा सबै समुदायको सहभागिता सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।