Samajik Feed – News Portal from Nepal

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा उनी भाषणकै बीचमा बेहोस भएर ढलेका थिए। उद्योगी र मजदुरहरूले ट्रंकलाइन विवादका कारण उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा प्रदर्शन गरिरहेका बेला गौतमले मजदुरको पक्षबाट सम्बोधन गरिरहेका थिए।

उनी ढलेपछि तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार, चिकित्सकले उनलाई अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरेका थिए।

६५ वर्षीय गौतमको मृत्यु हृदयघातका कारण भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर निवासी गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्। सन् १९९७ ९२०५४ साल० देखि पार्टी र जिफन्टमा सक्रिय रहेका उनी पत्नी र दुई छोराको साथमा पारिवारिक रूपमा बसोबास गर्दै आएका थिए।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० उद्योगको लाइन काटेको विरोधमा उद्योगी र मजदुरहरूले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा गौतमले अन्तिम पटक भाषण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *