Samajik Feed – News Portal from Nepal

दसैँ बिदाका दिनमा पनि मानव अधिकार आयोगको सेवा सञ्चालन हुने

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार र छठजस्ता चाडपर्वका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला राख्ने भएको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा बिदाका दिनहरूमा पनि कार्यालय सञ्चालन गरिने जानकारी दिइएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, सार्वजनिक बिदाका दिन आयोगका कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा […]

सुन तोलाको २ लाख २३ हजार २ सय पुग्यो

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ थियो। यसअघि, बुधबार सुनको भाउ अहिलेसम्मकै […]

मुख्यमन्त्री सिंहको फेसबुक पेज भएको थियो ह्याक, साढे चार घण्टापछि भयो रिकभर

सामाजिक फीड-जनकपुरधाम, असोज  १२  गते । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक पेज ह्याक भएको थियो । मुख्यमन्त्री सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको उनको सचिवालयले जनाएको छ।उनको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पेजलाई पुनः नियन्त्रणमा ल्याइएको हो।CM satish singh नामक मुख्यमन्त्री सिंहको आधिकारिक पेजलाई ह्याक […]

नेपाल र वेस्ट इन्डिजबीच टी–२० शृङ्खला भोलिदेखि यूएईमा शुरू

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल भोलि राति ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ। यो शृङ्खला नेपालका लागि ऐतिहासिक छ, किनभने नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलोपटक द्विपक्षीय टी–२० […]

चपुरमा खुलेआम देहव्यापार, प्रहरी प्रशासनमाथि स्थानीयको आक्रोश

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहेको भए पनि प्रहरी प्रशासनले कुनै स्पष्ट कारबाही नगरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार यस्ता गतिविधिले समाजको नैतिक संरचना कमजोर पार्नुका साथै युवापुस्तामा नकारात्मक असर पारिरहेको छ। करिब १०–१५ दिनअघि उनीहरूले सामूहिक रूपमा प्रमाणसहित […]

मधेसमा रहेको ९० वटा प्रहरी कार्यालयहरुमा जेनजी आन्दोलनमा पुगेको थियो क्षति

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा आशिंक तथा पूर्ण रुपले क्षति पुगेको थियो । आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सम्पूर्ण प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । गत भदौ २३ र २४ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेसको […]

मधेशमा दशै तिहारलाई लक्षित गरी साढे ६ हजार बढी प्रहरी परिचालन गरिने, यस्तो छ योजना

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । प्रहरीले दसैँ, तिहार र छठलाई सुरक्षित र भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आठै जिल्लाका लागि सुरक्षा रणनीति तयार पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म लागू गर्ने निर्णय गरेको हो। कार्यालयका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र […]

असोज भित्र लुटिएको हातहतियार बुझाए सम्मान गरिने, त्यसपछि कारबाही गरिने

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।गृहले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए असोज महिना भित्र नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।असोज […]

मधेस प्रदेशको कारागार र बालसुधार गृहबाट फरार ४६२ जना पक्राउ

समाजिक फीड-जनकपुरधाम, असोज ९  गते । जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशको कारागार तथा बालसुधार गृहबाट भागेका ४६२ जना कैदी पक्राउ परेका छन्। मधेसमा रहेको विभिन्न कारागारबाट कारागार तोडेर भागेका मध्येबाट हालसम्म ४४१ जना कैदी र बालसुधार गृहबाट भागेकामध्ये २१ जना बाल कैदी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ। आन्दोलनको क्रममा कारागारबाट १ […]

दलको निर्देशन नमान्दा अल्पमतमा परेमधेसका मुख्यमन्त्री

समाजिक फीड-जनकपुरधाम, असोज ९ गते । मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेका छन् । जनमत पार्टी संसदीय दलको निर्देशन विपरित गएपछि पार्टीमा एक्लो परेका मुख्यमन्त्री सिंहलाई सत्ता साझेदार दलले समेत साथ छाडेपछि अल्पमतमा परेका हुन् । बुधबार सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको हो ।मधेश सरकारलाई अहिले एमालेका […]