सामाजिक फीड-
जनकपुरधाम, मंसिर ७ गते ।
महोत्तरीमा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
महोत्तरी प्रहरीले गत भदौ २४ गते दिउँसो करिब ३ बजेको समयमा महोत्तरी गाउपालिका ३ मडै बस्ने ७० वर्षीय जोगेन्द्र ठाकुरको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा अजय कुमार ठाकुरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार बुवा र छोराबीच घरायसी विवादको कारण झै(झगडा हुँदा छोराले घरायसी हतियारले प्रहार गर्दा बुवा गम्भिर घाईते भएका थिए ।
उपचारको क्रममा सोही दिन उनको मृत्यु भएकोमा वारदात पश्चात फरार रहेका अजयलाई मंसिर ५ गते राती पक्राउ गरेको आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।