Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर 
७ गते ।

सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । आइतबार जनकपुरधाममा शोभा यात्रापछि जानकी मन्दिरमा चुनरी माता जानकीलाई चढाइएको हो ।

भारतको सुरतको जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए ।

ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरूमा चुनरी चढाउँदै आइरहेको छ ।

पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रस्टले यस वर्ष पनि चुनरी चढाएको हो ।
यस्तै, विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सवको कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *