Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर
७ गते ।

रौतहटमा १६ हजार ८७७ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मंसिर ५ गते सम्मको मतदाता दर्ता तथ्याङ्क सार्वजनिक गरेकोमा सो अवधिमा यति नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।

कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६६९ रहेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।
दासका अनुसार पुरुष ३ हजार ८१७ र महिला २ हजार ८८२ रहेको छ ।

यस्तै राष्ट्रिय परिचयपत्र मार्फत प्राप्त १० हजार १७८ जनाले आवेदन दिएका छन् । प्रत्यक्ष र राष्ट्रिय परिचय पत्र दुवै प्रक्रियाबाट नयाँ दर्ता संख्या १६ हजार ८७७ पुगेको निर्वाचन अधिकारी दासले पुष्टि गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार रौतहटको साबिक मतदाता संख्या ४ लाख २१ हजार ६९३ रहेको छ। नयाँ दर्ता, संशोधन र स्थानान्तरण मिलाएर मतदाता तथ्यांकलाई अद्यावधिक गर्ने काम भइरहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *