Samajik Feed – News Portal from Nepal

दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । मंगलबार पहिलो संस्करणका विजेता समेत रहेको जनकपुरले सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जनकपुरको जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ । दोस्रो संस्करणका लागि जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी […]

बिहारमा हुन लागेको विधानसभा चुनावलाई लिएर सीमामा कडाई

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । भारतको बिहार राज्यमा नोभेम्बर ६ तारिखदेखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल भारत सीमा १० गजामा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगल समन्वय गरी सीमामा कडाइ गरिएको हो । सशस्त्र प्रहरी बल प्रदेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय […]

सर्वोच्च अदालतद्वारा आगजनी सम्बन्धी जाहेरी, ६२ करोड क्षतिको अनुमान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ। आगजनी सम्बन्धी जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरू गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिएका छन् । कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा आगजनी गर्नेहरूको पहिचान गरी […]

सप्तरीको सदा टोलमा हैजा संक्रमण फैलिएको पुष्टि

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा रहेको सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएकोसदा टोलमा जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ । सदा टोलमा शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् । सदा टोलका ३३ वर्षीय बुचन सदाको […]

सुनचाँदी पसलमा छापामारी गरेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरका व्यवसायीले बन्द गरे पसल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जनकपुरका व्यवसायीहरुले अबैध रुपमा सुनचाँदी पसलमा छापा मारेका प्रहरीलाई कारबाही नगरेको भन्दै पसल बन्द गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरका व्यापारीहरुले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् । व्यवसायीहरुले प्रहरीले अबैध रुपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक […]

भारतको तेलंगनामा बस र ट्रक एक आपसमा ठोक्किंदा २० जनाको मृत्यु, २० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । भारतको तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त दुर्घटनामा परेर बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना […]

सप्तरीको छिन्नमस्तामा हैजा संक्रमण फैलिएको आशंका, तीन जनाको आरडीटी पोजेटिभ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । सप्तरीमा समेत हैजा संक्रमण फैलिएको आशंका गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा झाडापखालाले तीन जनाको मृत्यु भएपछि हैजाको संक्रमण फैलिएको आशंका गरिएको छ । आइतबार साँझसम्म झाडापखालाका ९ जना बिरामीको दिसाको नमुना संकलन गरी आरडीटीबाट हैजा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका […]

रौतहटमा चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका-८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका-५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो ९प्रेम महतो० रहेका छन्। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर […]

महोत्तरीमा एमालेको सदस्यता ३३ हजार नाघ्यो, मधेसभर १ लाख ५६ हजार पुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा नेकपा एमालेको पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। एमालेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरीमा पार्टी सदस्य ३३ हजार नाघेको हो। पार्टीको सदस्य ३३ हजार नाघेसँगै २०७९ मा भएको चुनावमा एमालेले महोत्तरीमा प्राप्त गरेको समानुपातिक मतभन्दा […]

मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आठबुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू […]