सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् ।
निर्वाचन आयोगले निर्धारण गरेको अनुसार आज समाुनपातिकतर्फको बन्दसूची बुझाउन अन्तिम दिन हो ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबार र सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन समय दिएको हो ।
आज कार्यालय समयभित्र निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार पहिलो दिन केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।