सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।
सप्तरीमा बिहेको प्रलोभन देखाएर एक नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेका छन् ।
राजविराज नगरपालिकाकी १२ वर्षीया बालिका र १७ वर्षका बालकबीच तीनरचार महिनाअघि चिनजान भएकोमा बालकले शनिबार साँझ बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ ।
नाबालिकाले बिहेको प्रलोभन देखाई बलात्कार गरेको विषयमा परिवारजनलाई जानकारी गराएपछि आइतबार उनीहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीमा दिएको जाहेरी अनुसार नाबालकले बिहे गर्छु भन्दै नाबालिकालाई बोलाएर बलात्कार गरेका थिए ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले आरोपित नाबालकलाई नियन्त्रणमा लिएको बताए । प्रवक्ता पुरीले बालकमाथि जबर्जस्ती करणी मुद्दामा आइतबारै सप्तरी जिल्ला अदालतबाट सात दिन म्याद थप लिएका बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।