Samajik Feed – News Portal from Nepal

सर्लाहीमा ट्याक्टर-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा परेका चन्द्रनगर गाउँपालिका-५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि लगिएकोमा राति करिब ८ बजे चिकित्सकले […]

प्रधानमन्त्री सुशीला कार्कीको आह्वान: मतदाता नामावलीमा नाम दर्ता गर्न अब ९ दिन मात्र बाँकी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्। दर्ता गर्ने म्याद अब ९ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सबैलाई समयमा नै दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेकी हुन्। आज एक्स अकाउन्टमार्फत उनले लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो। […]

नर्सको सेवा सुविधा निर्धारण कार्यदलको समयावधि थप

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । नर्सहरुलाई सरकारी सेवा सरहको सुविधा प्रदान गर्ने विषयमा गठन गरिएको कार्यदलको समयावधि थप एक महिनाका लागि बढाइएको छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, सरकार र आन्दोलनरत समूहबीचको सहमतिअनुसार कार्यदललाई मंसिर १५ गतेसम्म थप समय दिइएको हो। कार्यदलले नर्ससहित अन्य विषयहरूको विस्तृत अध्ययन गरी ठोस कार्ययोजना तयार गर्न समय […]

जनकपुरधाम-ढल्केवर सडक खण्डमा आकाशे पुल बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जनकपुरधाम–ढल्केवर ६ लेन सडक खण्डमा विभिन्न तीन स्थानमा आकाशे पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले करिब साढे १० करोडको लगानीमा आकाशे पुल निर्माण गर्न लागेको हो ।निर्माणको ठेक्का लागेपछि अहिले निर्माण प्रक्रिया सुरु भएको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक तथा सखुवा […]

सिरहामा ब्राउन सुगर बिक्री गर्ने दुई जना पक्राउ, घरबाट ब्राउन सुगर बरामद

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण […]

अग्नीसाईर कृष्णसवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी निरन्तर विवादमा स् मालिसपछि अब राजिनामा काण्ड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ । असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना […]

जेनजी सहिदको नाममा एकजना मुस्लिमको नाम मात्र समावेश गरेको भन्दै मुस्लिम जेनजीको आपत्ति

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेकोमा सबै मुस्लिमलाई समावेश नगरेको भन्दै मुस्लिम जेनजी समुहले आपत्ति जनाएको छ । सुशिला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका दुई जना युवा मध्ये एकजनाको नाम मात्र सहिद सूचीमा समावेश गरिएको भन्दै सरकारको असमान र विभेदपूर्ण व्यवहारप्रति मुस्लिम जेनजीले आपत्ति […]

विहारमा पहिलो चरणको मतदान जारी : तेजस्वी, खेसारीदेखि मैथिलीसम्म मैदानमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरणको मतदान अहिले जारी छ । पहिलो चरणमा राज्यका १८ जिल्लाका १२१ विधानसभा सीटमा मतदान भइरहेको छ। १२१ सीटका लागि भैरहेको पहिलो चरणको निर्वाचनमा १ हजार ३१४ उम्मेदवार चुनावी मैदानमा छन । भारतीय संचारमाध्यमका अनुसार पहिलो चरणमा मतदान गर्ने मतदाताको संख्या करिब ३ […]

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिरहाका १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू […]

जसपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ । आज बिहान ११ बजेदेखि ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुने […]