सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।
नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० नेपालले तालमेल गर्दै राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच तालमेलको विषयमा छलफल भए पनि अन्तिम समयमा नेकपा प्रक्रियाबाट बाहिरिएको थियो। नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने सहमति गर्दै तालमेललाई अन्तिम रूप दिएका हुन्।
सहमति अनुसार तीनै दलले आ-आफ्ना उम्मेदवार टुंगो लगाइसकेका छन्।
नेपाली कांग्रेसबाट कोशी प्रदेशमा सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेस प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिमिल्सिना उम्मेदवार तय भएका छन्। यस्तै लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।
नेकपा एमालेबाट कोशी प्रदेशमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बन्ने भएका छन्। मधेस प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार तय भएका छन्। कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएकी छन्।
यसैगरी, जसपा नेपालबाट महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरिएको छ।