मिटरब्याज अन्त्यका लागि ९ बुँदे सहमति, पीडितले स्थगित गरे आन्दोलन
सामाजिक फीड-जनकपुरधाम, साउन ०१ गते। विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। जनकपुरको त्रितियागाछीबाट असार २५ गते सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र मिटरब्याज पीडितका प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार […]
जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आजै सहमतिपत्रमा हस्ताक्षरको तयारी, को को पुगे सिंहदरबार ?
सामाजिक फीड-जनकपुरधाम, साउन ०१ गते। जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। बाराको सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली […]
जनकपुरका डा. सोनु कुमार शाहको अन्तर्राष्ट्रिय उपलब्धि, Google Certified Innovator प्रमाणपत्र प्राप्त
सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते। जनकपुरका शिक्षक डा. सोनु कुमार शाह ले Google Certified Innovator (गुगल सर्टिफाइड इनोभेटर) प्रमाणपत्र प्राप्त गरेका छन्। स्विडेनमा आयोजित कार्यक्रममा उनले उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका हुन्। शिक्षा क्षेत्रमा प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत योगदान पुर्याएको भन्दै उनलाई सम्मानित गरिएको हो। यस उपलब्धिले नेपालका शिक्षक समुदायको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ भएको […]
विश्वको सर्वोच्च स्थानमा ब्लड फर नेपालको झण्डा फहराइयो
जनकपुरधाम, जेठ ५ गते । मानवता, रक्तदान तथा सामाजिक सेवाको सन्देश विश्व सामुह पुर्याउने लक्ष्यले विश्वको सर्वोच्च शिखर सगरमाथामा ब्लड फर नेपालको झण्डा फहराइएको छ।अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीक्क अगुवाइमा गत आइतबार झण्डा फहराइएको हो ।सगरमाथा आरोहणपछि आफ्नो अनुभव साझा गर्दै अनिता कार्कीले भनिन्-सगरमाथामा ब्लड फर नेपालको झण्डा प्रस्तुत गर्न पाउँदा निकै गर्व महसुस भएको […]
स्कुल बसको ठक्करबाट २ वर्षीय बच्चाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बच्चाको ज्यान गएको छ। आज बिहान करिब ९ बजे बागमती नगरपालिका-२ टावर नजिक भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार […]
सभापतिबाट गगनले दिए राजीनामा, बालेन नेतृत्वको सरकारमा जानुपर्ने कांग्रेसको एउटा पक्षको जोड

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका कांग्रेसको पदाधिकारी तहका एक वरिष्ठ नेताले जानकारी दिए। तर, थापाले दिएको राजीनामा पत्र भने […]
धनुषामा अन्तरजातीय विवाह गरेकी विभा मृत फेला, हत्या गरेको आरोप
सामाजिक फीड-जनकपुरधाम,चैत्र ४ गते l धनुषामा अन्तरजातीय विवाह गरेकी एक महिला मृत भेटिएकी छन् । माइत पक्षले छोरीको हत्या भएको दावी गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभा कुमारी महतो मंगलबार दिउँसो घरमा झुण्डको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरमा निलडामदेखिएको र पहिलेदेखि नै शारीरिक तथा […]
बटेश्वरमा लामखुट्टे नियन्त्रणदेखि विपद व्यवस्थापनको पूर्व तयारीका लागि युवाको सुझावपत्र
सामाजिक फीडजनकपुरधाम, चैत ४ गते । बटेश्वर गाउँपालिकामा देखिएको लामखुट्टे नियन्त्रण, खानेपानी तथा सिँचाइ समस्याको समाधानका लागि बटेश्वरका युवाहरुले सुझाब पत्र बुझाएका छन् । बटेश्वर युवा सञ्जाल र बटेश्वर नागरिक समाजले संयुक्त रूपमा उक्त सुझावपत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेललाई बुझाएको हो । पालिकालाई बुझाएको सुझावपत्रमा लामखुट्टे नियन्त्रणका उपाय, पानी जम्ने समस्या व्यवस्थापन, खानेपानी […]
भारतको इन्दौरमा सर्ट सर्किटबाट भीषण आगलागी : ७ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । इन्दौरका प्रहरी आयुक्त सन्तोषकुमार सिंहका अनुसार घरबाहिर चार्जमा राखिएको इलेक्ट्रिक कारमा सर्ट सर्किट भएपछि आगो सल्किएको हो। प्रारम्भिक अनुसन्धानमा चार्जिङ पोइन्टमा समस्या आएपछि कारमा आगो लागेको र केही मिनेटमै आगो घरभित्र फैलिएको देखिएको छ। घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए, जसका कारण आगलागी झन् भयावह बनेको थियो। करिब १५ […]
मधेस प्रदेश सरकारले आगामी आवमा ७ अर्ब ८४ करोड वित्तीय समानीकरण अनुदान पाउने

सामाजिक फीड-जनकपुरधाम, चैत ४ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३र८४ मा स्थानीय र प्रदेश सरकारलाई वित्तीय समानीकरण अनुदान दिन सिफारिस गरेको छ ।जसअनुसार प्रदेश र स्थानीय तहले कुल १ खर्ब ५१ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबर वित्तीय समानीकरण अनुदान पाउने भएका छन् । आयोगका अनुसार आगामी आव ७ […]