Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ४
 गते ।

इन्दौरका प्रहरी आयुक्त सन्तोषकुमार सिंहका अनुसार घरबाहिर चार्जमा राखिएको इलेक्ट्रिक कारमा सर्ट सर्किट भएपछि आगो सल्किएको हो। प्रारम्भिक अनुसन्धानमा चार्जिङ पोइन्टमा समस्या आएपछि कारमा आगो लागेको र केही मिनेटमै आगो घरभित्र फैलिएको देखिएको छ।

घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए, जसका कारण आगलागी झन् भयावह बनेको थियो। करिब १५ वटा सिलिन्डरमध्ये केही विस्फोट भएका थिए। प्रत्यक्षदर्शीका अनुसार कम्तीमा चारवटा सिलिन्डर एकपछि अर्को गरी पड्किएका थिए।

भारतको मध्य प्रदेश राज्यको इन्दौरमा विद्युत् सर्ट सर्किटका कारण भएको आगलागीमा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। यो घटना बुधबार बिहान करिब ४ बजे इन्दौरको बंगाली चौराहानजिकै रहेको एक कोलोनीमा भएको हो। त्यस बेला अधिकांश मानिसहरू घरभित्र सुतिरहेका थिए।

इन्दौरका प्रहरी आयुक्त सन्तोषकुमार सिंहका अनुसार घरबाहिर चार्जमा राखिएको इलेक्ट्रिक कारमा सर्ट सर्किट भएपछि आगो सल्किएको हो। प्रारम्भिक अनुसन्धानमा चार्जिङ पोइन्टमा समस्या आएपछि कारमा आगो लागेको र केही मिनेटमै आगो घरभित्र फैलिएको देखिएको छ।

घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए, जसका कारण आगलागी झन् भयावह बनेको थियो। करिब १५ वटा सिलिन्डरमध्ये केही विस्फोट भएका थिए। प्रत्यक्षदर्शीका अनुसार कम्तीमा चारवटा सिलिन्डर एकपछि अर्को गरी पड्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *