जनकपुरधाम, जेठ ५ गते ।
मानवता, रक्तदान तथा सामाजिक सेवाको सन्देश विश्व सामुह पुर्याउने लक्ष्यले विश्वको सर्वोच्च शिखर सगरमाथामा ब्लड फर नेपालको झण्डा फहराइएको छ।
अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीक्क अगुवाइमा गत आइतबार झण्डा फहराइएको हो ।
सगरमाथा आरोहणपछि आफ्नो अनुभव साझा गर्दै अनिता कार्कीले भनिन्-सगरमाथामा ब्लड फर नेपालको झण्डा प्रस्तुत गर्न पाउँदा निकै गर्व महसुस भएको छ। यो केवल एउटा झण्डा होइन, मानवता, सहयोग र जीवन बचाउने अभियानको प्रतीक हो। विश्वको सर्वोच्च स्थानबाट रक्तदान र मानव सेवाको सन्देश दिन पाउनु मेरो लागि विशेष क्षण हो।´ ब्लड फर नेपालका सँस्थापक सरोज कुमार महतोले यस उपलब्धिलाई प्रेरणादायी क्षणको रूपमा वर्णन गरे ।अनिता कार्की ज्यु मार्फत सगरमाथामा ब्लड फर नेपालको झण्डा पुग्नु हाम्रो लागि गर्वको विषय हो। यसले रक्तदान, मानवता र सामाजिक सेवाको सन्देशलाई अझ व्यापक बनाउने विश्वास लिएका छौँ। युवाहरूलाई सकारात्मक सामाजिक अभियानमा जोडिन यसले प्रेरणा दिनेछ´, उनले भने ।
ब्लड फर नेपाल लामो समयदेखि रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ देशभर रक्त व्यवस्थापन, जनचेतना तथा स्वयंसेवा अभियान सञ्चालन गर्दै आएको संस्था हो।
“हामी साझा गर्छौं, हामी हेरचाह गर्छौं” भन्ने नारासहित संस्थाले मानवताको सेवामा निरन्तर काम गरिरहेको जनाएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।