सामाजिक फीड-
जनकपुरधाम,चैत्र ४ गते l
धनुषामा अन्तरजातीय विवाह गरेकी एक महिला मृत भेटिएकी छन् । माइत पक्षले छोरीको हत्या भएको दावी गरेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभा कुमारी महतो मंगलबार दिउँसो घरमा झुण्डको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरमा निलडामदेखिएको र पहिलेदेखि नै शारीरिक तथा मानसिक यातना दिने गरेकोले हत्या भएको माइत पक्षको दावी छ । घटनापछि प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आत्महत्या दुरुत्साहनमा जाहेरी परेको छ । पतिलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरेर अनुसन्धन अघि बढाएको उनले बताए ।
मृतक विभागको माइत पक्षबाट धनुषाको मिथिला नगरपालिका ८ कुसुमबिसौना बस्ने मनिष कुमार महतोले पतिविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् । मुकेश र ममता ५ वर्षअघि भागी अन्तरजातीय विवाह गरेका थिए । विहेको लामोसमय हुँदापनि सन्तान नहुँदा विभालाई सारीरिक तथा मानसिक यातना दिने गरेको विभाका दाई मनिषको भनाइ छ ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।