Samajik Feed – News Portal from Nepal

छैटौं जनकपुर साहित्य महोत्सव माघ २४-२६ गते आयोजना हुँदै

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ। यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, […]

तस्करी आशंकामा बाराबाट मालबाहक ट्रक पक्राउ

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत सोमबार जितपुर सिमरा उपमहानगरपालिका-७ बाट राति साढे ११ बजे प्रहरीले लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान सुरु

सामाजिक फीड, जनकपुरधाम, माघ २२। प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । यो […]

नेपालमा इन्टरनेट सेवा अवरुद्ध, एयरटेल भुक्तानी रोकिएपछि समस्या

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। आइतबार साँझ ८ बजेदेखि विभिन्न इन्टरनेट सेवा प्रदायकका ग्राहकले इन्टरनेट समस्या भोगिरहेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले सेवा अवरुद्ध भएको हो। पराजुलीले भने, “एयरटेलले नेपाललाई उपलब्ध गराउने इन्टरनेट सेवा २ घण्टादेखि […]

अमेरिकाले युएसएआईडीको वेबसाइट बन्द गर्‍यो, कर्मचारीहरू बिदामा

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्। यसैबीच, […]

नेपालगञ्ज र धनगढीमा आज उच्च तापक्रम भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ । तर, भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी, भोलि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ । […]

नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]

तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा दास चयन

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो। कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा […]

राउतको प्रस्ताव: ‘धोती, बिहारी, मर्स्या’ शब्द बोल्नेलाई कानुनी कारबाही गरियोस्

सामाजिक फीड, जनकपुरधाम, माघ २० सांसद डा. सीके राउतले जातीय, भाषिक तथा क्षेत्रीय पहिचानमाथि हुने अपमानजनक व्यवहारलाई रोक्न कानुनी प्रावधान आवश्यक रहेको भन्दै संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका छन्। विधेयकमा ‘धोती, बिहारी, मर्स्या’ जस्ता शब्द प्रयोग गरी अपमान गर्नेहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखिएको छ। samajik_feedsamajikfeed.com

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

सामाजिक फीड, जनकपुरधाम, माघ २० मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यसक्रममा मोटरसाइकल र ब्याग छोडे मोटरसाइकलमा सवार दुई जना व्यक्ति फरार भएका […]