अमेरिकाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्यो, चिसोले ५६ जनाको मृत्यु

१२ पौष, जनकपुरधाम। उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ र चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएका छन्। चिसोका कारण न्यूयोर्कमा पनि २८ जनाको ज्यान गएको छ।सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका थिए । […]
प्रहरी नियन्त्रणमा डिएसपी

सामाजिकफिड-१२ पुस, जनकपुर । प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बुटवलका इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार डिएसपी केसीलाई ब्युरोको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको छ। उनीसँग नौ लाख ५० हजारको चेक, ३५ तोला सुन र आठ लाख ५० हजार […]
एमाले र माओवादी दाबी गर्दै लुम्बिनीको मुख्यमन्त्रीमा

सामाजिकफिड-११ पुस, जनकपुर । एमाले र माओवादी दाबी गर्दै लुम्बनिको मुख्यमन्त्रीमा अहिले कुनै दलको नेता चैन भयको छैन। एमालेका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । भने माओवादीमा जोखबहादुर महरालाई खासै चुनौती छैन । १२ पुस, जनकपुर । केन्द्रमा सत्ताको सझेधारी समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो […]
धनुषामा नयाँ प्रहरी प्रमुख (एसपी) हाजिर

१२ पौष, जनकपुरधाम। धनुषामा नयाँ प्रहरी प्रमुख विश्वराज खड्का जिल्लामा हाजिर भएका हुन् । प्रहरी उपरीक्षक खड्कालाई प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई आएका प्रहरी उपरीक्षक खड्का आज […]
बारामा १७ कठ्ठामा लगाइएको गाँजा नष्ट

१२ पौष, जनकपुरधाम। बाराको निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा फडानी गरेका छन्। लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको सुरक्षाकर्मीको टोली […]
धेरै नुन खानु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ

११ पुष , जनकपुरधाम। नुनबिना खानामा स्वाद हुँदैन । तर अधिक मात्रामा नुन खानु स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ। यस्तो अवस्थामा नुनको अत्याधिक सेवनले के कस्ता समस्याको सामना गर्न सक्छ जानौँ। नुन यस्तो चिज हो जसको बिना खानाको कल्पना पनि गर्न सकिदैन। खानामा नुनको मात्रा कम वा बढी भएमा खानाको स्वाद नै बिग्रन्छ। […]
बिहान कफी किन पिउनु हुदैन ? यी समस्या हुन सक्छन्

११ पुष, जनकपुरधाम। बिहान उठ्ने बित्तिकै कफी पिउन चाहनेहरु धेरै छन् । यदि तपाई पनि बिहान उठ्ने बित्तिकै कफी पिउन चाहनुहुन्छ भने हामी तपाईलाई बताउँछौं कि यो स्वास्थ्यका लागि निकै हानिकारक छ। बिहान उठेपछि पनि थकित र अल्छी महसुस गर्ने मानिसहरु धेरै छन्। त्यसपछि निद्राबाट छुटकारा पाउन र सक्रिय महसुस गर्न, धेरै मानिसहरू बिहान सबेरै […]
समतामूलक समाजको प्रवर्द्धन गर्न सरकारको नयाँ सामाजिक समावेशीकरण

११ पुष, जनकपुधाम। सरकारको नयाँ सामाजिक समावेशीकरण नीतिले सामाजिक समावेशीकरण प्रणालीमार्फत समतामूलक र समृद्ध समाजको विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि सरकारले सबै स्थानीय तहलाई परिचालन गर्नेछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक तथा सामाजिक रूपमा पिछडिएका समुदाय र व्यक्तिलाई सुदृढ गर्दै सबै विषयगत क्षेत्र र संरचनामा नागरिकको […]
डाक्टरको आनुसार: गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

११ पुष, जनकपुरधाम। गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ । गर्भावस्थामा स्वस्थ र सन्तुलित खानपान गर्नुपर्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । गर्भावस्थामा आमाले खाने खानेकुराले गर्भको बच्चाको विकासमा प्रभाव पार्छ । गर्भावस्थामा मदिरापान […]
३४ दिन पछि १५ वर्षीय किशोरको शव सेफ्टी ट्याङ्कीमा भेटियो

११ पौष, जनकपुरधाम। वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला पारिएको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेका हुन् । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी […]