Samajik Feed – News Portal from Nepal

सामाजिकफिड-
१२ पुस, जनकपुर ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बुटवलका इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार डिएसपी केसीलाई ब्युरोको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको छ।

उनीसँग नौ लाख ५० हजारको चेक, ३५ तोला सुन र आठ लाख ५० हजार नगद ब्युरोको टोलीले फेला पारेको बताइएको छ।

यस घटना तथा यसको कनेक्सनका सम्बन्धमा अनुसन्धान भइरहेको एसपी थापाले जानकारी गराए।

इलाका प्रहरी कार्यालय बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

केसी १३ महिना अगाडी बुटवल आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *