Samajik Feed – News Portal from Nepal

धनुषामा लापरबाहीको नमूना : जमुनी नदीमा ४ वटा पुल बनाउँदा सरकारी पक्षको चरम बदमासी

समाजिक फीड जनकपुरधाम, फागुन १८ गते । नेपाल भारत सिमामा पर्ने धनुषास्थित जमुनी नदीमा निर्माण भइरहेको चारवटा पुल अलपत्र पर्दा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र नगराइन नगरपालिकामा निर्माण सुरु गरिएको पुल अलपत्र पर्र्दा सर्वसाधारणले हैरानीका भोग्नुका साथै वर्षा याममा खतरा मोलेर नदी आरपार गर्नुपरेको हो । सीमावर्ती क्षेत्रका बासिन्दालाई नदी […]

किशोरीलाई बलात्कारको अभियोगमा एक जना पक्राउ

सामाजिक फीड, मोरङ, १८ फागुन । किशोरीलाई बलात्कार गरेको अभियोगमा मोरङको बेलबारीमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई मंगलबार आफ्नै घरमा बलात्कार गरेको आरोपमा बेलबारी–२ का २२ वर्षीय अविशेक श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । samajik_feedsamajikfeed.com

आगलागी हुँदा जलेर एक जनाको मृत्यु

सामाजिक फीड, बर्दिया, १८ फागनु । बर्दियाको मैनवारस्थित एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ठाकुरबाबा नगरपालिका–४ मैनवारस्थित गोठमा आगलागी भएपछि पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको जलेर मृत्यु हो । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । samajik_feedsamajikfeed.com

टिपरको ठक्करबाट टाटासुमोका चालकसहित तीनजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते छन् । मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँ बस्ने वर्ष ४४ की दिपा खनाल र सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेको प्रहरीले जनाएको […]

सशस्त्र प्रहरीमा जागिर खुल्यो

समाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सशस्त्र प्रहरीले प्राविधिक समुहतर्फ कर्मचारी माग गरेको छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै २२ जना कर्मचारी मागेको छ । प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ […]

काठमाडाैँका कवाड व्यवसायीलाई प्रभु साहको साथ

सामाजिक फीड, काठमाडाैँ, १७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । बिहीबार भएको भेलामा अध्यक्ष साहले कवाड व्यवसायीहरूको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन रहने पनि बताएका छन् । नेता साहले व्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प […]

प्रहरी–प्रशासनले महोत्तरीको रातुखोलामा अवैध उत्खनन रोक्न नसकेपछि सर्वोच्च अदालत पुगे दलहरु

समाजिक फीड जनकपुरधाम, फागुन १७ गते । महोत्तरीमा रातु खोलामा मापदण्ड विपरित आक्रमक रुपमा भइरहेको उत्खननको विषयलाई लिएर विभिन्न दलहरु सर्वोच्च अदालत पुगेको छ । बर्दिबास नगरपालिका, जिल्ला समन्वय समिती, जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित भइरहेको उत्खनन रोक्न नसकेपछि विभिन्न पार्टीका प्रतिनिधिहरु सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । बिहीबार नेकपा एमाले, […]

मिटरब्याज पीडितहरुले काठमाडौंमा थप सशक्त आन्दोलन गर्ने, यस्तो छ आजको आन्दोलन कार्यक्रम

समाजिक फीडकाठमाडौं, फागुन १७ गते । काठमाडौंको सडकमा उत्रिएका मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडित र गृह मन्त्रालयले गठन गरेको वार्ता समिति बिच पटक पटक वार्ता हुँदै आएको छ । तर तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त […]

बालिकालाई बलात्कार गरेको आरोप एक वृद्ध पक्राउ

सामाजिक फीड, कैलाली, फागुन १७ । कैलालीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई पक्राउ गरेको हो । ती बालिकालाई ललाई फकाई कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको अभियुक्त चौधरीमाथि आरोप छ । घटनाको सम्बन्धमा थप अनुसन्धान […]

भ्रष्टाचार मुद्दामा शहीदनगरका तत्कालिन मेयर बरबरियासहित सबैले पाए सफाइ

सामाजिक फीड-जनकपुरधाम, फागुन १६ गते । भ्रष्टाचार मुद्दामा शहीदनगर नगरपालिकाका तत्कालिन मेयर उदरकुमार बरबरिया यादवसहित सबैले सफाई पाएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायाण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उक्त मुद्दामा प्रतिवादी वनाइएका १२ जनालाई नै सफाइ फैसला सुनाएको हो । सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मेयर […]