Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १८ गते ।

सशस्त्र प्रहरीले प्राविधिक समुहतर्फ कर्मचारी माग गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै २२ जना कर्मचारी मागेको छ ।

प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, फिजियोथेरापिस्ट १ जना र २ जना रेडियोग्राफर मागेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

दरखास्त दिन व्यक्ति स्वयं उपस्थित हुनुपर्न सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *