सामाजिक फीड-
जनकपुरधाम, फागुन १८ गते ।
मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते छन् ।
मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँ बस्ने वर्ष ४४ की दिपा खनाल र सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेको प्रहरीले जनाएको छ । भट्टराई र खनालको घटनास्थलमै मृत्यु भएको छ भने चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार आज बिहान साढे ६ बजे मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो ।
त्यस क्रममा सोमु उछिट्टिएर बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो । तीनजना घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ । घाइतेहरुको बिराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।