सामाजिक फीड,
काठमाडाैँ, १७ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । बिहीबार भएको भेलामा अध्यक्ष साहले कवाड व्यवसायीहरूको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन रहने पनि बताएका छन् ।

नेता साहले व्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प नदिई कवाड व्यवसायीहरूलाई हटाउनु गलत हुने बताए । उनले कवाड व्यवसायीहरूको माग तुरुन्त सम्बोधन गर्नसमेत काठमाडौँ महानगरको ध्यानाकर्षण गराएका छन् ।
साहले कवाड पेशामा आबद्ध सबैलाई उच्च मनोवलका साथ काम गर्नसमेत आग्रह गरे । आजपाले भोलि महानगरको कार्यालयमा ज्ञापनपत्र बुझाउनेसमेत जनाएको छ ।