सामाजिक फीड,
बर्दिया, १८ फागनु । बर्दियाको मैनवारस्थित एक गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति ठाकुरबाबा नगरपालिका–४ मैनवारस्थित गोठमा आगलागी भएपछि पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको जलेर मृत्यु हो ।
उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ ।