Samajik Feed – News Portal from Nepal

आजदेखि कांग्रेसको अभियान : ‘मधेस प्रदेशमा एक्कै साथ समुदायमा जाऔं, जनताका कुरा सुनौं’

समाजिक फीड जनकपुरधाम, माघ १६ गते । नेपाली कांग्रेसको अभियान ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ आजदेखि सुरु भएको छ । धनुषा, महोत्तरी, पर्सा , बारा, रौतहट , सर्लाही, सिराहा र सप्तरीको जिल्लाका सबै वडाहरुमा आजबाट यो अभियान सुरु भएको हो । नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु किरण यादब , बारा अनिल रुकटा , रौतहट अजय सिवाकोटी […]

मधेशमा आएर प्रधानमन्त्री प्रचण्डले भने–दरबार हत्याकाण्डको छानविन हुन्छ

समाजिक फीड बारा, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट […]

सातै प्रदेशका गृहमन्त्रीले भने–सिडियोलाई पनि प्रदेश मातहत राख्नुस

समाजिक फीड काठमाडौं, माघ १२ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन्। गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र देशको शान्ति सुरक्षाको सम्बन्धमा छलफल गरेका हुन्। संघ, प्रदेश र स्थानीय तह […]

बिहारमा उथलपुथल : लालुसँग ‘डिभोर्स’ गरेर मोदीसँग आए नितीश, ९ औँ पटक मुख्यमन्त्री बन्दै

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले पदबाट राजीनामा दिएर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको (नेशनल डेमोक्रेटिक अलाएन्स) एनडिए गठबन्धनमा फर्केका छन् । आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै एनडिए गठबन्धनमा फर्किन उनले राजीनामा दिएका हुन् । आजै बेलुकी उनी ९ औँ पटक मुख्यमन्त्री बन्दैछन् […]

प्रहरी समायोजन गर्न सिंहदरबारमा छलफल हुँदै, मधेश सरकार मातहत ९ हजार बढी प्रहरी आउने

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । प्रदेशमा प्रहरी समायोजनको प्रक्रियाले तिब्रता पाएको छ । संविधान जारी भएको आठ वर्षपछि बल्ल सरकारले प्रहरी समायोजनको कामलाई अघि बढाएको हो । एक महिनाभित्रै प्रहरी समायोजनको तयारी थालेको संघीय सरकारले आज सातवटै प्रदेशका गृहमन्त्रीसँग यस विषयमा छलफल थालेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले सातै प्रदेशका आन्तरिक मामिला […]

गगन थापाले शनिवारदेखि हुलाकी सडक क्षेत्रमा संवाद यात्रा थाल्ने

काठमाडाैँ, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवारदेखि हुलाकी राजमार्ग क्षेत्रमा संवाद यात्रा सुरु गर्ने भएका छन् । हुलाकी राजमार्ग वरिपरीका सर्वसाधारणसँग अन्तर्क्रिया गर्नका लागि मेची–महाकाली संवाद यात्रामा निस्किन लागेको महामन्त्री थापाले बताएका हुन् । यो यात्रा माघ २६ गतेसम्म चल्ने पनि उनले बताए । बिहान ७ देखि ९ बजेसम्म गरिने संवादका लागि […]

मधेश प्रदेश : आनन्द ढुंगाना र पूजा चौधरीले जिते राष्ट्रियसभा चुनाव

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएकी छन् । निर्वाचित दुबैजना सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । महिलातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएका छन् भनेढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत […]

मधेश प्रदेश : राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेशमा दुई सिटका लागि सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा मतगणना सुरु भएको छ । जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतगणना भइरहेको निमित्त प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिए । मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाता […]

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचन : एकजना सांसदले भोट खसाएनन्, मतगणनाको तयारी सुरु

समाजिक फीड जनकपुरधाम, माघ ११ गते । राष्ट्रियसभा निर्वाचनका लािग मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ । दुई जना सदस्यका लागि जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान भएको हो । एकजना प्रदेशसभा सदस्य बाहेक सबै मतदाताले भोट खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएर अहिले मतगणनाको तयारी चलिरहेको सहायक प्रदेश […]

बालेनले राष्ट्रियसभा चुनावमा भोट नखासाल्ने

समाजिक फीडजनकपुरधाम ,माघ ११ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा चुनावमा भोट नखसाल्ने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ। उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। मेयर शाह बागमती प्रदेशका मतदाता […]