Samajik Feed – News Portal from Nepal

समाजिक फीड

काठमाडौं, फागुन २१ गते ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ ।

बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अथक प्रयासका बाबजदु वर्तमान संघीय सत्ता गठबन्धन विघटन भएको छ ।

आइतवार राति नेकपा एमाले, नेकपा (माओवादी), रास्वपा र जनता समाजवादी पार्टी (जसपा) बीच नयाँ गठबन्धन बनाएर सरकार निर्माण गर्ने सहमती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *