सामाजिक फीड,
काठमाडौँ, १६ फागुन । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति बैठक डाकेको छ ।
महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने लोसपाले जनाएको हो । पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको पार्टीले जनाएको छ ।
यसअघि संगठन सुदृढीकरणका लागि लोसापले विभिन्न कार्यदल बनाएको थियो । महतोले पार्टी परित्याग गरेपछि लोसपामा ठूलो झटका लागेको छ ।