Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १५ गते ।

नेकपा माओवादी केन्द्रले लीलामणि पोखरेललाई मधेस प्रदेशको इन्चार्ज तोकेको छ ।

पार्टीले सबै प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गर्दै उनलाई मधेस प्रदेश इन्चार्ज तोकेको हो । 

त्यसैगरी कोशीमा हरिबोल गजुरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको हो ।
पार्टी सचीव गणेश साहका अनुसार
प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

One Response

  1. फेरि पनि नसुधृए अबको चुनावमा माउबादी केन्द्र जम्मा ५ देखि १०% भोट मात्र पाउनेछ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *