Skip to main content


समाजिक फीड
जनकपुरधाम ,फागुन १८ गते


जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदिप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाहीको माग गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरे पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द अझै खुला छाडेको बताएका हुन्।


‘केही समयअघि सरकारले टिकटकमा प्रतिबन्ध लगायो। जुन स्वागत योग्य थियो,’उनले भने, ‘तर, अहिले पनि यो कतै चलिरहेको छ। केही सेवा इन्टरनेट प्रदायकले टेरेका छैनन्। सरकारले कारबाही गर्नुपर्‍यो।’


टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले सरकारले बन्द गरेको उनको जिकिर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *