Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन २१ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक ‘डिभोर्स’ गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, जनता समाजवादी (जसपा) लगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएका छन् ।

यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा त्यही ठाउँमा आइपुगेका हुन् ।

नयाँ बनेको सत्ता समीकरणमा तीनवटा पार्टीबाट १ १ जना मन्त्री बन्ने भएका छन् । पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनीहरुको मन्त्रालय भने तोकिएको छैन् । कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो एमालेका विष्णु पौडेल, माओवादीका वर्षमान पुन र रास्वपाका रवि लामिछानेसहित नेताले टुंग्याउने उनले जानकारी दिए ।

आचार्यका अनुसार गठबन्धनका नयाँ दलको आन्तरिक छलफलपछि मन्त्रीहरूको थप टुंगो लाग्ने छ ।

यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *