सिरहा अस्पतालमा बालकको मृत्युपछि तोडफोड, झडपमा ९ प्रहरी घाइते

सामाजिक फीड-जनकपुरधाम, असार १५ गते । सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्युपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ । सिरहाको सिरहा नगरपालिका–६ बसबिट्टाका झल्लु महराका १० वर्षीय छोरा राजन महराको मृत्युपछि झडप भएको हो । उपचारमा लापरबाहीको कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्त र स्थानीयबासी अस्पतालमा तोडफोडको प्रयास गरेपछि प्रहरीसँग झडप हुँदा […]
चित्रपुरमा भोलिदेखि दुईदिने आँप मेला

सामाजिक फीड–जनकपुरधाम, असार १३ गते । धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित चित्रपुरमा भोलिबाट दुई दिने आँप मेला आयोजना हुने भएको छ। स्थानीय स्तरमा उत्पादित आँपको प्रवद्र्धन, व्यवसायिक विस्तार तथा चित्रपुरलाई कृषिपर्यटन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ असार १४ र १५ गते मेला हुने आयोजक चित्रपुर म्याङ्गो […]
आफैले ल्याएको बजेटले सतिश सिंह सरकार धरापमा

सामाजिक फीड-जनकपुरधाम, असार १२ गते । आफै ल्याएको बजेटले जनमत नेतृत्वको सरकार धरापमा पर्ने देखिएको छ । आफ्नै नेतृत्वको मधेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अनुसार नआएकोले सन्तोषजनक नरहेको जनमतले निष्कर्ष निकालेको छ । आज बसेको जनमत संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेकोले सरकारबाले आधिकारिक निर्णय गर्ने जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिने […]
खेल्दै गरेका दुई बालबालिकाको शौचालयको ट्यांकीमा खसेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ११ गते । रौतहटमा खेलिरहेका दुई दुधे बालबालिकाको शैचालयको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जग्दीश साहकी छोरी १ वर्षीया खुश्बु साह रहेको प्रहरीले जनाएको छ । खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय […]
सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ९ गते । सिरहामा खेतमा मोटरले सिंचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–१३ का ६२ वर्षीय रामपृत पण्डित रहेका छन् । आज बिहान आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी […]
समाचार संकलनमा पुगेकी पत्रकार चान्दनी झामाथि वडाध्यक्षको दुव्र्यबहार

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते । धनुषाधाम नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण यादवले पत्रकार चान्दनी झामाथि दुव्र्यबहार गरेका छन् । वडाध्यक्षले सडक अतिक्रमण गरिरहेको स्थानीयको गुनासोपछि शनिबार बिहान समाचार संकलनमा पुगेकी टिभी टुडेकी पत्रकार चान्दनी झामाथि दुव्र्यबहार भएको हो । वडाध्यक्ष यादवले आफ्नो जग्गा जोगाउन १८ फिट सडकलाई १० फिटमा खुम्च्याउन ग्राइभेल खनेर […]
सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ६ गते । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता […]
सिरहामा युवतीद्वारा युवकमाथि छुरा प्रहार

सामाजिक फीड-जनकपुरधाम, असार ५ गते । सिरहाको गोलबजारमा एक युवती युवकमाथि छुरा प्रहार गरेकी छन् । गोलबजार नगरपालिका १३ का २४ वर्षीय अशोक कुमार महतोमाथि छुरा प्रहार भएको हो । गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई आज साँझतिर गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेको स्थानीयले बताएका छन् […]
धनुषामा खेतमा करेन्ट लागेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ५ गते । धनुषामा खेतमा बाली जोगाउन लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्लीदेवी महतो छन् । आज बिहान घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा रामप्रमोद महतोले बाली जोगाउन लगाएको नांगो तारमा करेन्ट लागेर मङ्लीदेवीको मृत्यु भएको […]
रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असार ४ गते । रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका ३ डमार पोखरीकी ३० वर्षीया गुलनाज खातुन छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज अपराहन्न ४ः २० बजेको समयमा खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते […]