सामाजिक फीड-
जनकपुरधाम, असार ४ गते ।
रौतहटमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका ३ डमार पोखरीकी ३० वर्षीया गुलनाज खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज अपराहन्न ४ः २० बजेको समयमा खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लग्दा ५ बजे मृत घोषणा गरेका छन् । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।