Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १५ गते ।

सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्युपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ । सिरहाको सिरहा नगरपालिका–६ बसबिट्टाका झल्लु महराका १० वर्षीय छोरा राजन महराको मृत्युपछि झडप भएको हो ।

उपचारमा लापरबाहीको कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्त र स्थानीयबासी अस्पतालमा तोडफोडको प्रयास गरेपछि प्रहरीसँग झडप हुँदा ९ जना प्रहरी र एक महिला गरी १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार १० जना घाइते भएका हुन् भने अवस्था नियन्त्रणमा लिन एक सेल अश्रुग्याससमेत प्रहार गरिएको छ ।

दुई दिनदेखि ज्वरो आएको बालक राजनलाई असहज भएपछि आज बिहान अस्पताल ल्याइएको थियो । ठुलीआमा सोभा महराका अनुसार, चिकित्सकले दूध र बिस्कुट खुवाएर सुई लगाएपछि बालक चिच्याउँदै ढलेका थिए र त्यसपछि मृत्यु भयो ।

मृतकका आफन्तजन र स्थानीयवासीले दोषी चिकित्सक तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *