Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, असार ६ गते ।

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेको प्रहरीले जनाएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका–१८ सन्हैठा स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल ठोकिँएको हो ।

दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा तीनैजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी पासवानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *