Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ५ गते ।

सिरहाको गोलबजारमा एक युवती युवकमाथि छुरा प्रहार गरेकी छन् । गोलबजार नगरपालिका १३ का २४ वर्षीय अशोक कुमार महतोमाथि छुरा प्रहार भएको हो ।

गोलबजार नगरपालिका ४ मा डेरागरी बसिरहेका उनलाई आज साँझतिर गोलबजार नगरपालिका २ बस्ने १७ वर्षीया युवती कोठामै पुगेर घाँटीमा छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।

तराकारी काट्ने छुरा घाँटीमा प्रहारबाट युवक घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले बताए ।

घाँटीमा छुरा प्रहारपछि घाइते युवकको स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुबैजनाबीच प्रेम सम्बन्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *