सामाजिक फीड-
जनकपुरधाम, असार ५ गते ।
धनुषामा खेतमा बाली जोगाउन लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्लीदेवी महतो छन् ।
आज बिहान घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा रामप्रमोद महतोले बाली जोगाउन लगाएको नांगो तारमा करेन्ट लागेर मङ्लीदेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।