Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, असार ९ गते ।

सिरहामा खेतमा मोटरले सिंचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–१३ का ६२ वर्षीय रामपृत पण्डित रहेका छन् ।

आज बिहान आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *