सामाजिक फीड-
जनकपुरधाम, असार ११ गते ।
रौतहटमा खेलिरहेका दुई दुधे बालबालिकाको शैचालयको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जग्दीश साहकी छोरी १ वर्षीया खुश्बु साह रहेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको ट्यांकीमा डुबेर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि सरकारी अस्पताल चपुरमा लग्दा ८ ः १५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।