Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ८ गते ।

धनुषाधाम नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण यादवले पत्रकार चान्दनी झामाथि दुव्र्यबहार गरेका छन् ।

वडाध्यक्षले सडक अतिक्रमण गरिरहेको स्थानीयको गुनासोपछि शनिबार बिहान समाचार संकलनमा पुगेकी टिभी टुडेकी पत्रकार चान्दनी झामाथि दुव्र्यबहार भएको हो ।

वडाध्यक्ष यादवले आफ्नो जग्गा जोगाउन १८ फिट सडकलाई १० फिटमा खुम्च्याउन ग्राइभेल खनेर लगिरहेका थिए ।
समाचार संकलनमा पुगेका पत्रकार झालाई वडाध्यक्षका केही समर्थकले पहिले वडाध्यक्षसँग कुरा गरेर मात्र भिडियो लिन आग्रह गरेका थिए ।

ती व्यक्तिले वडाध्यक्ष यादवलाई आफै फोन लगाउँदा भिडियो तस्वीर खिचिरहेका पत्रकारलाई पहिला दुई थप्पर लगाउन निर्देशन दिए । लाउडिस्पिकरमा अबाज खुलेकाले पत्रकार झा र स्थानीयले सो कुरा प्रत्यक्ष सुनेका थिए । जसको प्रमाण पनि सुरक्षित रहेको छ ।

पत्रकार झाले गुण्डा तथा अराजक शैलीमा पत्रकारलाई कुट्न निर्देशन दिने वडाध्यक्ष यादवलाई कारबाहीको माग गरेकी छन् । नेपाल पत्रकार धनुषा शाखाले विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरेको छ । महासंघले वडाध्यक्षको शैली उदण्ड अराजक भएको भन्दै कारबाहीको माग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *