नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन उकालो

१० जेठ, जनकपुर । शेयर बजारमा चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक निरन्तर १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिदै ७ औं दिन पनि लगातार वृद्धि भएको छ । बुधबार […]
शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग

काठमाडौँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरूदेखि लिएर अनुसन्धान गर्ने अधिकारी र त्यसका प्रमुखसम्मको नाम आइरहेको भन्दै संसदीय विशेष समिति बनाएर यसको छानबिन हुनुपर्ने माग गरेका […]
नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले सक्रियता देखाउनुपर्छ : निधि

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सांसद् विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सक्रिय देखाउनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद निधिले संसदले दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुनुपर्ने बताएका हुन् । उनले यो विधेयक संसदमा आउन नहुने पनि जिकिर गरे । राष्टपति, प्रधानमन्त्री र मन्त्रीहरूबीच नागरिकता विधेयक प्रमाणीकरण […]
२०८० सालकै उच्च विन्दुमा नेप्से

९ जेठ, जनकपुर । नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ। यो २०८० सालकै उच्च विन्दु हो। सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ । नेप्से बढेसँगै यस दिन […]
जनमतका कुशवाहाको मन्त्रालय खोसियो, न्यौपानेलाई कृषि मन्त्रालयको जिम्मेवारी

जनकपुरधाम, ९ जेठ । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहाको मन्त्रालय खोसेका छन् । मुख्यमन्त्री यादवले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री भित्र्याएका छन् भने भूमि व्यवस्था तथा कृषिमन्त्री कुशवाहाको जिम्मेवारी खोसेर बिना विभागीय मन्त्री बनाइदिएका हुन् । जसपा नेतृत्वको गठबन्धन सरकारले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा भित्र्याएको हो । […]
जसपाका महतो मन्त्री र प्रमिलाकुमारी राज्यमन्त्री बने

काठमाडाैँ, ९ जेठ । संघीय सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् । शिक्षा मन्त्रीमा जसपाकै अशोक […]
मधेश सरकारबाट बाहिरिने नेकपा माओवादी केन्द्रको निर्णय

जनकपुरधाम, ९ जेठ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णयविपरीत मुख्यमन्त्री सरोजकुमार यादव हिँडेको भन्दै माओवादी संसदीय दलको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरेका छन् । मुख्यमन्त्री यादवले […]
बाराको सुवर्णपुरमा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर तनाव

बारा, ८ जेठ । बाराको सुवर्णपुर गाउँपालिकामा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर तनाव भएको छ । हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुरका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि तनाव भएको हो । विद्यार्थीसहित असन्तुष्ट स्थानीयले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरूले गाउँपालिका अध्यक्ष […]
राैतहटमा माछापुच्छ्रे बैंकबाट सेवाग्राहीकाे ९ लाख गायब

रौतहट, ८ जेठ । राैतहटको चन्द्रनिगाहपुरस्थित माछापुच्छ्रे बैंकको खाताबाट एक सेवाग्राहीकाे ९ लाख रकम गायब भएको छ । वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको रकम गायब भएको हो । उनले आइतबार चेक साट्न जाँदा खाताबाट रकम गायब भएको पत्ता लागेको हो । यादवले ३ दिनअघि मात्र १२ लाख २० हजार रकम जम्मा गरेका थिए । […]
धरानमा हतियारको कारोबार गर्ने दुई जना पक्राउ

सुनसरी, ८ जेठ । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा धरान १० का राजेश लिम्बु र धरान ५ का कुमार भण्डारी छन् । केही दिनअघि पनि धरान–१७ का हुकमेन जिमी, […]