Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सांसद् विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले सक्रिय देखाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद निधिले संसदले दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुनुपर्ने बताएका हुन् ।

उनले यो विधेयक संसदमा आउन नहुने पनि जिकिर गरे । राष्टपति, प्रधानमन्त्री र मन्त्रीहरूबीच नागरिकता विधेयक प्रमाणीकरण गर्ने सम्बन्धमा छलफल भएको समाचार सुनिएको भन्दै निधिले यो विधेयक पारित गर्न बाधा फुकाउनसमेत नपर्ने बताएका थिए ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणीकरण गर्नुपर्ने र यो संविधानसम्मत् नै हुने निधिको भनाइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *