Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ९ जेठ । मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहाको मन्त्रालय खोसेका छन् । मुख्यमन्त्री यादवले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री भित्र्याएका छन् भने भूमि व्यवस्था तथा कृषिमन्त्री कुशवाहाको जिम्मेवारी खोसेर बिना विभागीय मन्त्री बनाइदिएका हुन् ।

जसपा नेतृत्वको गठबन्धन सरकारले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा भित्र्याएको हो । मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार विकास, वीरेन्द्र सिंहले स्वास्थ मन्त्री र एकीकृत समाजवादी दलका गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषिमन्त्रीको पद तथा गोपनियताको सपथ लिएका छन् ।

जनमतका उपाध्यक्षसमेत रहेका कुशवाहा पुष २९ गते बिना विभागीय मन्त्री बनेका थिए । माघ १३ गते उनले कृषि मन्त्रालयको जिम्मा पाएका थिए । चार महिना नपुग्दै कुशवाहाको मन्त्रालय खोसिएको हो । मधेश सरकारको पछिल्लो निणर्यबाट आक्रोशित बनेको जनमतले सरकारमा बस्ने/नबस्ने विषयमा छलफल अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *