Samajik Feed – News Portal from Nepal

रौतहट, ८ जेठ । राैतहटको चन्द्रनिगाहपुरस्थित माछापुच्छ्रे बैंकको खाताबाट एक सेवाग्राहीकाे ९ लाख रकम गायब भएको छ । वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादवको रकम गायब भएको हो ।

उनले आइतबार चेक साट्न जाँदा खाताबाट रकम गायब भएको पत्ता लागेको हो । यादवले ३ दिनअघि मात्र १२ लाख २० हजार रकम जम्मा गरेका थिए । आइतबार पैसा निकाल्न चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको खुलेको थियो । सिस्टम ह्याकर गरी पैसा चोरिएको हुन सक्ने बैंकका शाखा प्रमुख रामजी दासले जनाएका छन् ।

यादवको खाताबाट तीनवटा नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिन्छ। उनको खाताको रकम सिटिजन्स र सानिमा बैंकमा ट्रान्सफर भएको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुरका प्रमुख दासले बताए । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *