Samajik Feed – News Portal from Nepal

सुनसरी, ८ जेठ । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । एक थान अमेरिकी पेस्तोल र त्यसको म्याग्जिनसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

पक्राउ पर्नेमा धरान १० का राजेश लिम्बु र धरान ५ का कुमार भण्डारी छन् । केही दिनअघि पनि धरान–१७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राई दुई थान पेस्तोलसहित पक्राउ परेका थिए ।

यो समूहले भारतबाट अवैध रूपमा हतियार ल्याएर नेपालमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *