काठमाडाैँ, ९ जेठ । संघीय सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् । शिक्षा मन्त्रीमा जसपाकै अशोक राई छन् । महतो सिरहा क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् । प्रमिलाकुमारी भने राष्ट्रियसभाकी समानुपातिक सांसद हुन् ।