Skip to main content

बारा, ८ जेठ । बाराको सुवर्णपुर गाउँपालिकामा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर तनाव भएको छ ।

हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुरका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि तनाव भएको हो ।

विद्यार्थीसहित असन्तुष्ट स्थानीयले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरूले गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन १० सेल अश्रुग्याँस प्रहार गरेको छ।

विद्यार्थीसहित आक्रोशित स्थानीयले आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *